ट्रेण्डिङ

होमपेज / समाज

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड गर्ने १७ पक्राउ

नेपालगाथा २०७७ पौष १९ गते आइतबार १२:०३:५४ मा प्रकाशित

काठमाडौँ। कीर्तिपुर मोडल अस्पतालमा तोडफोड गर्ने १७ जना पक्राउ परेका छन् । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका थिए । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको परिवारलाई जानकारी गराइएको बताएको छ ।

तोडफोडमा संलग्नलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । अस्पताल प्रशासन र परिवारबीच छलफल चलिरहेको काठमाडौँ प्रहरी परिसर, टेकुले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top