ट्रेण्डिङ

होमपेज / समाज

वौद्विक एजुकेशन एकेडेमीद्वारा स्वागत, वधाई र विदाई एकैसाथ

नेपालगाथा २०७७ पौष १८ गते शनिबार २०:११:१८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शिवालय चोकमा रहेको वौद्विक एजुकेशन एकेडेमी सुर्खेतले सुरक्षाकर्मीहरुको तयारीका लागि स्वागत, वधाई र विदाई गरेको छ । नेपाल प्रहरी जवानको तयारीका लागि आएका विद्यार्थीहरूलाई स्वागत गरेको छ भने सशस्त्र प्रहरी जवानको तयारीका लागि आएका विद्यार्थीहरूलाई विदाई गरको छ । यसैगरी नेपाल आर्मीको सिपाही पदका लागि तयारी गरेर नाम निकालेका तीन जना विद्यार्थीलाई वधाई समेत दिएको छ । 


नेपाल प्रहरीको जवान पदको तयारीका लागि एकेडेमीमा आएका ६५ जना विद्यार्थीलाई स्वागत गरिएको वौद्विक एजुकेशन एकेडेमीका म्यानेजिङ डाईरेक्टर कर्णबहादुर खत्रीले बताउनुभयो । यसैगरी सशस्त्र प्रहरीको जवान पदको तयारी गरेका ९५ जना विद्यार्थीलाई विदाई गर्नुका साथै बौद्विक एजुकेशन एकेडेमीमा अध्ययन गरेका तीन जना विद्यार्थीले नेपाल आर्मीको सिपाही पदमा नाम निकालेको हुनाले उनीहरुलाई बधाई समेत दिएको म्यानेजिङ डाइरेक्टर खत्रीले जानकारी दिनुभयो । 


कार्यक्रमका प्रमुख अतिथि सुर्खेत फलफूल व्यवसाय संघका अध्यक्ष एंवम् जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सेनाले सहभागी विद्यार्थीहरुलाई स्वागत, विदाई तथा वधाई दिनुभयो । प्रमुख अतिथि तिमिल्सेनाले सुरक्षा क्षेत्रमा काम गर्न चाहने युवाहरुका लागि एकेडेमीले प्रभावकारी काम गरेको भन्दै एकेडेमी युवाहरुको भविष्यको सही मार्गदर्शन बन्ने अपेक्षा राख्नुभयो । 
भरत खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा नारायण विष्टले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अर्जुन चन्द, नगेन्द्र रिजाल, शिव देवकोटा, लोकेन्द्र विष्ट, विर बहादुर विष्टलगायतको उपस्तिथति रहको थियो । कार्यक्रममा सहभागीहरुले गजल, मुक्तक, सामुहिक तथा एकल नृत्य प्रस्तुत गरेका थिए । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top