ट्रेण्डिङ

होमपेज / समाज

शनिबार थप ४१९ जनामा कोरोना पुष्टि, ७५० जना संक्रमणमुक्त, ६ को मृत्यु

नेपालगाथा २०७७ पौष १८ गते शनिबार १८:५३:३८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार नमुना परिक्षण गरेकामा ४१९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७५० जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ५३ हजार ८५७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top