ट्रेण्डिङ

होमपेज / समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ पौष १८ गते शनिबार १६:५६:२७ मा प्रकाशित

धनुषा, १८ पुस १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कमला नगरपालिका-८ हरिणे बस्ने १९ वर्षीय विजय कुमार दास र सोही ठाउँ बस्ने २२ वर्षीय सदाम हुसेनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खेतमा उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चोराकोयलपुर र ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top