होमपेज / समाज
काठमाडाैँ। सहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा सर्वसाधारणलाई ठक्कर दिएर भागेको छ । साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन ।
पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले ठक्कर दिने गाडीमा मन्त्री साह सवार रहेको पुष्टि गरेका छन ।