ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री कप महिला टी–२० : आज सेमिफाइनल

नेपालगाथा २०७७ पौष १८ गते शनिबार ०९:५६:५१ मा प्रकाशित

काठमाडौँ । दाङमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरू हुँदैछन्। पहिलो सेमीफाइनलमा बिहान ९ः१५ बजे विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदूरपश्चिम प्रदेश तथा दोस्रो सेमिफाइनलमा दिउँसो १ः१५ बजे प्रदेश–१ र लुम्बिनी प्रदेशले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणको खेलमा समूह ‘ए’बाट विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा लुम्बिनी तथा समूह ‘बि’ बाट विजेताको रुपमा प्रदेश–१ र उपविजेताको रुपमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेका थिए। गत संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमलाई एपीएफले ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमिफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २१ हजार तथा उत्कृष्ट ब्याटिङ र बलिङ गर्ने खेलाडीले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top