ट्रेण्डिङ

होमपेज / समाज

सिटिजन्स बैंकका थप दुई शाखा बिस्तार

नेपालगाथा २०७७ पौष १८ गते शनिबार ०८:१९:५४ मा प्रकाशित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । यसै क्रममा बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडाैँस्थित चोभारमा १०५ र १०६ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ।

उक्त स्थानहरुमा सेवा संचालनका लागि स्थानीय व्यवसायी राममाया सम्बाम्फे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top