ट्रेण्डिङ

होमपेज / समाज

६ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा

नेपालगाथा २०७७ पौष १७ गते शुक्रबार १८:५४:१० मा प्रकाशित

काठमाडौँ । ईलाका प्रहरी कार्यालय हरिनगर, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले ६ हजार घुससहित नियन्त्रणमा लिएको छ । भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा आयोगको टोलीले यादवलाइ  घुससहित पक्राउ गरेको हो ।

उनले सेवाग्राहीबाट घुस लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएका थिए । लगत्तै अख्तियारको टोलीले साहसमेतलाई हरिनगरा बजारबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top