होमपेज / समाज
काठमाडौं, १७ पुस बैतडी, सिगास गाउँपालिका-३ साउनखेत बस्ने मनबीर साउदको घर पछाडीको खरमा बिहीबार दिउँसो आगलागी हुँदा उनकी छोरी २ वर्षीया रेखा साउदको जलेर घटनास्थलमै मृत्यु भएको छ ।
आगलागीबाट घरमा सामान्य क्षति भएको छ । काभ्रे, पाँचखाल नगरपालिका-५ लामिडाँडास्थित सडकमा गुडिरहेको बा.४ ख ७३२७ नम्बरको टिपरमा शुक्रबार बिहान आगलागी हुँदा टिपर पूर्ण रुपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।