ट्रेण्डिङ

होमपेज / समाज

सिटिजन्स् बैंक र रिटर्नी माइग्रेन्टबीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्बन्धी सम्झौता

नेपालगाथा २०७७ पौष १७ गते शुक्रबार १३:४८:११ मा प्रकाशित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालका बीच वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौता पश्चात रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने छ। विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका बैंकले यो सम्झौता गरेको बैंकले जनाएको छ।

बैंकले देशैभर १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top