होमपेज / समाज
जनकपुरधाम । सर्लाहीमा लागुऔषध सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको वटेश्वर गाउँपालिका वडा नं. ५ का २६ वर्षीय पवन महतो र १८ वर्षीय अजय कुमार यादव रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
दुवैजनालाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ पत्थरकोट स्थित प्रहरीको गस्ति टोलीले मरिनबाट लालबन्दी तर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाचँ गर्दा लागुऔषध गाँजा ५ केजी सहित नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ ।