होमपेज / समाज
काठमाडौं। नयाँ अंग्रेजी पात्रो अनुसार आजदेखि सन् २०२१ सुरु भएको छ । ग्रेगोरीयन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको हो ।नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
जनवरीको पहिलो तारिखबाट इस्वी संवत्को सुरुवात हुन्छ । विश्वका अधिकांश मुलुकमा यो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा यस धर्मका अनुयायीले उनको मृत्युपछि यो संवत् प्रचलनमा ल्याएका हुन् ।
नयाँ वर्ष मनाउन परिवार तथा साथीहरु जम्मा भएर रमाइलो गर्ने, एकअर्कामा शुभकामना आदानप्रदान गर्ने, मिठा मिठा परिकारहरु खाने, नयाँ ठाउँहरु घुम्नेलगायतका विभिन्न कार्यक्रमहरु गरिन्छ ।