ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमणबाट पोर्चुगलमा एक नेपाली युवकको मृत्यु

नेपालगाथा २०७७ पौष १६ गते बिहीबार १४:४६:३६ मा प्रकाशित

पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठौँ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई पुगेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top