ट्रेण्डिङ

होमपेज / समाज

नगरप्रमुखका पिताको निधनको शोकमा कनकाई नगरपालिकाले दियो सार्वजनिक बिदा

नेपालगाथा २०७७ पौष १६ गते बिहीबार १२:३३:०२ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपाकिालका प्रमुखका पिताको निधन भएपछि नरपालिकाले एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलका पिता गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा चारपटकसम्म प्रधानपञ्च रहेका गणेशप्रसाद पोखरेलको सेवाको सम्मानमा नरभर बिहीबार एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय भएको कनकाई नगरपालिकाले निकालको वक्तव्यमा उल्लेख छ ।

सोही अनुसार बिहीबार नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top