होमपेज / समाज
खोटाङ, १५ पुस तुवाचुङ नगरपालिका-३ बालनमारी बस्ने ४५ वर्षीया भ्याकी राईको उदयपुर ठानागाउँस्थित सुनकोशी नदीले बगाएर सोमबार मृत्यु भएको छ । ठानागाउँस्थित माईतीबाट घरतर्फ आउदै गर्दा नदीले बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उदयपुरको सिमसनामा शव फेला पारी खोटाङतर्फ ल्याईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।