ट्रेण्डिङ

होमपेज / समाज

 अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ पौष १५ गते बुधबार १४:०६:४८ मा प्रकाशित

झापा, १५ पुस मेची नगरपालिका-८ मेची क्राउन होटल पछाडी सडकबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को.३८ प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top