होमपेज / समाज
सुर्खेत । सुर्खेतमा भएकाे एक कार्यक्रमका सहभागीहरुले युवाले अरुलाई जवाफदेही र उत्तरदायी बनाउनुका साथै आफू पनि जवाफदेही हुनुपर्ने बताएका छन् । युराेपियन युनियनको आर्थिक सहयोग तथा भिएसओको प्राविधिकि सहयोगमा आयोनले प्रयास परियाेजना अन्तगर्त सास सुर्खेतका सेवाप्रदायक र सेवाग्राही बीच समाज रुपान्तरणका लागि युवामैत्री सुशासन अभिबृद्धिका लागि सामुदायिक अंक पत्रको प्रयोग’ बारे छलफल गरिएकाे हाे । नेपाल युवा संस्था सञ्जाल आयाेनकाे सदस्य संस्था सास सुर्खेतका सहभागी सदस्यहरुले उत्तरदायी र जवाफदेहीताकाे अभ्यास युवा र युवाहरुले नेतृत्व गरेकाे संस्थाबाट नै शुरुवात हुनुपर्ने बताएका हुन् ।

सास सुर्खेतका अध्यक्ष त्रिभुवन बिसीले युवाहरु कसैकाे दया लाग्दाे र माया लाग्दाे मात्र नभइ क्षमता र सीपले भरिएकाे रहर लाग्दाे हुनुपर्ने बताउनुभयाे । समाज परिवर्तनका लागि सुशासन महत्वपूर्ण भएकाे बताउदै अध्यक्ष बिसीले समाजका सबै वर्ग र क्षेत्रलाई समेट्ने गरी समावेशीमैत्री वातावरण निर्माणका लागि स्थानीय पालिकाले ध्यान दिनुपर्ने बताउनुभयाे । संस्था भित्र रहेका कार्यसमिति र साधारण सदस्य बीच लाेकतान्त्रिक अभ्यास, समावेशी, पारदर्शीलगायतका अभ्यास भए नभएकाे बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाले भिएसओ र आयोनलाई सहभागीहरुले धन्यवाद दिएका थिए ।

करिब दुई दर्जन युवा सहभागी रहेकाे कार्यक्रमलाई आयोनका जिल्ला संयोजक रेखा वली र सहजकर्ता सन्देश बिसीले सहजीकरण गर्नुभएकाे थियाे ।


