ट्रेण्डिङ

होमपेज / समाज

सात दिनपछि भेटिइन् बालिका

नेपालगाथा २०७७ पौष १४ गते मंगलबार ०७:५६:०० मा प्रकाशित

तनहुँ। यही पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी  तीन वर्षीय बालिका सात दिनपछि फेला परेकी छन् । बुबा साउदी अरबमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरुषसँग गएपछि हराइरहेकी ती बालिका प्रहरीको सक्रियतमा फेला परेकी हुन् । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी सोनी श्रीमान विदेश भएको मौका छोपी अर्का पुरुषसँग गएपछि तीन वर्षीय बालिका कीर्तिका बेखबर बन्दै आएकी थिइन् ।

मङ्सिर २८ गतेदेखि ती महिला हराएपछि देवर जीवन थापाले भाउजू हराएकाले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । ती महिला हराएको आठ दिनपछि पुनः तीन वर्षीय छोरी एकाएक हराएपछि घरपरिवारमा खैलाबैला भएपछि खोजीको लागि प्रहरी कहाँ पुगेको देवर जीवनले बताउनुभयो । ‘श्रीमान् विदेशमा श्रीमती परपुरुषसँग गएपछि बालिका बेखबर’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीले खोजी कार्यलाई अझ तीव्रता दिँदै आएको थियो । 

ती महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि बालिकाको अवस्था थाहा पाउन नसकिएकाले बालिकालाई कसले लग्यो भनेर खोजी कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । लामो प्रयासपछि बालिका फेला पारी काका जीवनलगायतका आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top