ट्रेण्डिङ

होमपेज / समाज

देशभर ६ सय ५९ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्‍यु

नेपालगाथा २०७७ पौष १३ गते सोमबार २०:२१:२३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।

हाल देशभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय ३२ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top