होमपेज / समाज
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आइतबार बिहान ८ बजेर ४२ मिनेटमा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
अधिकृत कँडेलका अनुसार ज्वरो र सास फेर्नमा कठिनाई भएपछि ती महिलालाई पुस १० गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना भाइरस (कोभिड १९ं) संक्रमण पुष्टि भएको थियो ।