ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल धोबी खोलामा खस्दा चालकको मृत्यु

नेपालगाथा २०७७ पौष १२ गते आइतबार १२:०३:०९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट धोबी खोलामा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ । बा २६ प ४०२१ नम्बरको मोटरसाइकल धोबी खोलामा खस्दा चालक सिन्धुलीको दुधौली–५ का २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कपन बस्दै आएका थिए। शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top