ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै चिसो

नेपालगाथा २०७७ पौष ११ गते शनिबार ०८:१८:२४ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो वृद्धिसँगै तापक्रम पनि घटिरहेको छ । शनिवार उपत्यकाको तापक्रम १.३डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार न्यूनतम २.५ डिग्री मापन गरिएको तापक्रम आज १.३ डिग्रीमा झरेको छ । आज काठमाडौंको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने महाशाखाले अनुमान गरेको छ। आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।

उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान गरेका छन्। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ। आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम बद्ली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top