ट्रेण्डिङ

होमपेज / समाज

दिगो विकासका लागि शिक्षासम्बन्धी कार्यशाला गोष्ठी

नेपालगाथा डेस्क २०७७ पौष १० गते शुक्रबार ००:००:१४ मा प्रकाशित

सुर्खेत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजनामा दिगो विकासका लागि शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ रानीघाटमा रहेको भेरी माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, शिक्षासँग सम्बन्धित विभिन्न संघसंगठनका प्रतिनिधि, अभिभावक, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहेको छ । 


युनेस्को सचिवालयका सचिव तथा कार्यक्रमका सहजकर्ता युवराज पौडेलले युनेस्कोले तय गरेका मूल्य तथा मान्यताहरुलाई हामी सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । युनेस्कोले खासगरी शिक्षा, संस्कृति, सामाजिक, विज्ञान र आमसञ्चार क्षेत्रमा काम गरिरहेको बताउदै पौडेलले शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक कार्यक्रमहरुको माध्यमद्वारा नेपाली जनताको आर्थिक, सामाजिक एवम् वौद्धिक विकासमा सहयोग पु¥याउने युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको उद्देश्य भएको जानकारी दिनुभयो । 


भूमण्डलीय नागरिक शिक्षा, जलवायु परिवर्तन असर न्युनीकरण सम्बन्धी विद्यालयले सञ्चालन गर्ने लघुपरियोजना अन्तर्गत कर्णाली प्रदेशबाट छनौट भएको एकमात्र विद्यालय भेरी मावि रानीघाट बराहताललाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । सोही अनुदानबाट विद्यालयले विद्यालयको कक्षा कोठा र विद्यालय वरिपरीको वातावरण हरियाली, स्वच्छ, शान्त र सुरक्षित बनाउन वृक्षा रोपण र डस्टविनको प्रयोगलाई प्राथमिकता दिएको छ । यसका लागि विद्यार्थीलाई आवश्यकताका आधारमा रोपिएका बिरुवा तथा फूलहरुको हेरचाहका लागि अपनाउनु पर्ने व्यवहारिक ज्ञानका बारेमा सचेतना दिने गरेको विद्यालयका प्रधानाध्यापक रत्न बुढाले जानकारी दिनुभयो । 


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट विद्यालय नजिकै भए पनि यातायातको असुविधाका कारण शैक्षिक र आर्थिक क्षेत्रमा समेत पछाडि परेकाले शैक्षिक र आर्थिक विकासका लागि अझै बढी जोड दिनुपर्ने प्रधानाध्यापक बुढाले बताउनुभयो । 


विद्यालयलाई ग्रिन, क्लिन, पिस र सेफको क्षेत्रमा विकास गर्नका लागि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले सात वटै प्रदेशका ७ वटा विद्यालय र काठमाडौं उपत्यकाका ८ वटा विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइ र सम्बन्धित पालिकाहरुको सिफारिसका आधारमा विद्यालय छनौट गरी अनुदान रकम उपलब्ध गराएको थियो । भेरी माविलाई उपलब्ध गराइएको अनुदान रकमको अनुगमनका क्रमममा सुर्खेत आएको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको टोलीले दिगो विकासका लक्ष्यहरुको चार नम्बरको वँुदालाई मद्दत गर्ने गरी शिक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेको हो । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top