होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले “क्रिसमस डे, २०७७”को अवसरमा शुभकामना दिनुभएकाे छ । क्रिसमस डेका अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कलाैनीले यस पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्दै सामाजिक एकता अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएकाे छ ।
सम्पूर्ण ईसाई धर्मावलम्बीहरूका साथै कर्णाली प्रदेशवासी र सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलाैनीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता भएको हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वहरूको अत्यन्तै ठूलो महत्व रहने उल्लेख गर्नुभएकाे छ । प्रदेश प्रमुख कलाैनीले यिनीहरुको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्नु हामी सबै नागरिकको साझा दायित्व भएकाे दर्शाउनुभएकाे छ ।