ट्रेण्डिङ

होमपेज / समाज

बिहीबार थपिए ६१३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार १६:००:२८ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

गत २४ घण्टामा ५ हजार ५ सय १० पीसीआर परीक्षण भएको छ। हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top