ट्रेण्डिङ

होमपेज / समाज

झारफुक गर्ने बहानामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार १३:५९:०९ मा प्रकाशित

काठमाडौं। ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शंखरापुर नगरपालिका- ६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top