ट्रेण्डिङ

होमपेज / समाज

वडाध्यक्षका हत्यारालाई जन्मकैद

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार १२:४२:०२ मा प्रकाशित

अछाम । पञ्चदेवल विनायक नगरपालिका-२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्‍न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्‍न भएका पञ्चदेवल विनायक नगरपालिका-२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए।

उनी भैँसी गोठमा मृत फेला परेका थिए । मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले हत्या गरेको भन्दै उनीहरुका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्‍न रहेको आरोप लागेका अन्य पाँच जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई जन्मकैदको फैसला सुनाएको छ। मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top