ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

नेपालगाथा २०७७ पौष ८ गते बुधबार १६:२८:४१ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।

हाल देशभर ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय ९ जना क्वारेन्टिनमा छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top