ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ पौष ८ गते बुधबार १३:१९:१६ मा प्रकाशित

काठमाडौं, ८ पुस सुनसरी, बर्जु गाउँपालिका ३ फारम चोक नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

बाँके, कोहलपुर नगरपालिका ६ बुद्धचोक डेरा गरी बस्ने कैलाली जानकी गाउँपालिका ४ घर भएका ४१ वर्षीय अर्जुन न्यौपाने आफ्नै डेरा कोठामा सुतिरहेको अवस्थामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाँके, नरैनापुर गाउँपालिका १ लक्ष्मणपुरस्थित जंगलमा भारत श्रवस्ती बस्ने २५ वर्षीया राविया पठानिनको शव मंगलबार दिउँसो फेला परेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top