ट्रेण्डिङ

होमपेज / समाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७७ पौष ६ गते सोमबार १७:१५:२० मा प्रकाशित

झापा, ६ पुस कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-२ बस्ने २८ वर्षीय डम्बर ताजपुरियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७६ फागुन ८ गतेको फैसला अनुसार कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई फरार रहेका डम्बरलाई बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top