ट्रेण्डिङ

होमपेज / समाज

दिनभर कस्तो रहन्छ आजको मौसम?

नेपालगाथा २०७७ पौष ६ गते सोमबार ११:०४:१४ मा प्रकाशित

काठमाडौँ । देशका पश्चिमी क्षेत्रको मौसम बदली भइ अरु क्षेत्रमा सोमबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम बदली हुने भएको हो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top