ट्रेण्डिङ

होमपेज / समाज

अख्तियार प्रमुख आयुक्तमा राई सिफारिस हुँदै

नेपालगाथा २०७७ पौष ५ गते आइतबार १५:३६:२५ मा प्रकाशित

काठमाडौँ । संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिस गरेको पाइएको छ। संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको पाइएको हो।

उक्त निर्णय गोप्य राखिए पनि केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ। तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा प्रतिनिसभा विघटन भइसकेको छ।

यसले गर्दा अब सुनुवाइबिनै नियुक्तिका लागि ४५ दिनपछि बाटो खुलेको छ। राईसँगै अरु केही व्यक्तिलाई पनि आयोगमा सिफारिस गरिएको स्रोतको दाबी छ।

नेकपाका दुई अध्यक्षबीच अध्यादेश फिर्ता लिने, कसैलाई पनि सिफारिस नगर्ने र विशेष अधिवेशनका लागि तयार भएको पत्र राष्ट्रपति कार्यालयमा दर्ता नगर्ने सहमति भएको थियो। तर परिषदका अध्यक्ष ओलीले छक्याएर राईलाई अख्तियार पठाउन सफल भएका छन्।

पुस १ गते पुन ओलीले जारी अध्यादेशअनुसार अर्को बैठक राख्न खोजे पनि विपक्षी र नेकपाकै अर्को पक्षको विरोधमा रोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top