होमपेज / समाज
काठमाडौँ । पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उत्तर–पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रमा मौसम बदली हुने भएको हो । अहिले पूर्वी तराईका केही स्थानसाथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ ।
यस्तै प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्य तया सफा छ । आइतबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।