ट्रेण्डिङ

होमपेज / समाज

तराईमा बाक्लो हुस्सु तथा कुहिरो, केही क्षेत्रमा मौसम बदली हुने

नेपालगाथा २०७७ पौष ४ गते शनिबार ०८:०८:१४ मा प्रकाशित

काठमाडौँ । देशका केही क्षेत्रमा बदली तथा बाँकी क्षेत्रमा मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । हाल नेपालको पश्चिमी तथा मध्य तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top