होमपेज / समाज
वीरगञ्ज । नक्कली नम्बरप्लेट राखेर चलाइरहेको अवस्थामा चोरीको भारतीय सुमो प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बाराको कलैया उपमहानगरपालिकाको वडा एरियामा चलाइँदै आएको सुमो नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले भारतबाट चोरी पैठारी गरी नेपाल भित्र्याइएको नक्कली नम्बरप्लेट बा.२ च ८२७५ राखी चलाइँदै आएको सुमोलाई कलैया ५ स्थित सडकखण्डमा फेला पारी नियन्त्रणमा लिएको हो।
उक्त सुमोलाई चेकजाँच गर्दा गाडी भित्रबाट बी आर ३ पी ०३२१ नम्बरको बिलबुक फेला परेको तथा बिलबुकमा उल्लेख गरिएको चेचिस र ईन्जन नम्बर नेपाली नक्कली नम्बर प्लेट बा.२ च ८२७५ सुमोसित मेल खाएकोले सो गाडी चोरीको भएको यकिन भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको सुमोलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।