ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई रु आठ हजार आठ सय

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १८:०६:०६ मा प्रकाशित

नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ । आर्थिक वर्ष २०७७\०७८ को शुरुदेखि नै गाउँँपालिकाले सङ्घीय सरकारले प्रदान गर्ने रु तीन हजार ८०० मा रु पाँच हजार थप गरेर सो रकम दिने गरेको हो । 

सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ । हालसम्ममा १०० जनालाई वितरण गरिएको गाउँँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । सुरक्षितरूपमा शिशु जन्माएर बालमृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना नमुना काम सो गाउँँपालिकाले गर्दै आएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top