होमपेज / समाज
सिन्धुपाल्चोक, ३ पुस मेलम्ची नगरपालिका-७ दुवाचौर बस्ने ४७ वर्षीय रामजी गिरीको घरको मिटर बक्समा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा उक्त आगो फैलिएर छिमेकी मदन गिरी र उदय गिरीको घरमा समेत आगलागी हुँदा करिब ९ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।