ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १६:१३:३७ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।

हाल देशभर ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन् भने ४ सय २७ जना क्वारेन्टिनमा छन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top