ट्रेण्डिङ

होमपेज / समाज

१० जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे?

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १५:२९:२७ मा प्रकाशित

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १० जना प्रमुख जिल्ला अधिकारी-सिडिओको सरुवा गरेको छ। सहसचिवहरु ढुण्डीप्रसाद निरौला ललितपुरमा, केशवप्रसाद विमली महोत्तरीमा र बासुदेव दाहाल धनकुटामा सरुवा भएका छन्।

यसैगरी उपसचिव अर्जुनकुमार शर्मा रामेछापमा, कृष्णप्रसाद भण्डारी भोजपुरमा, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्यप्रसाद ढकाल र तेह्रथुममा जयराज भण्डारीको सरुवा भएको छ।

यीमध्ये विमली पछिल्लोपटक पनि सिडिओ नै थिए। उनी धनकुटाका प्रमुख जिल्ला अधिकारी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top