ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२३  सङ्क्रमित निको

नेपालगाथा २०७७ पौष २ गते बिहीबार १८:३३:२२ मा प्रकाशित

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२३  सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २४ हजार २४६ पुगेको छ ।
    
 यसैगरी प्रदेशमा उक्त अवधिमा ४६७ जनाको पिसिआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जना कोरोना पोजेटिभ थपिएका छन् । थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश बाहिर एक÷एक जना रहेको मन्त्रालयले जनाएको छ ।  प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार १८७ पुगेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top