ट्रेण्डिङ

होमपेज / समाज

विद्युत् प्रसारण लाइन निर्माणको काम तीव्र

नेपालगाथा २०७७ पौष २ गते बिहीबार १३:३५:२५ मा प्रकाशित

दमौली । मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइन निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको कामले तीव्रता पाएको हो । प्रशारण लाइन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको काम शुरु गर्न लागिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो ।

“मुआब्जा निर्धारणका लागि जग्गाको जाँच गर्ने काम तीव्र गतिमा चलिरहेको छ, जग्गा जाँच सकिने वित्तिकै मुआब्जा निर्धारण गरेर जग्गा अधिग्रहण गर्छौ”, उहाँले भन्नुभयो । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे एक हेक्टर जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइने प्रमुख घिमिरेले बताउनुभयो ।

“टावर निर्माण गर्नका लागि साढे एक हेक्टर क्षेत्रफल जग्गा अधिग्रहण गर्नुपर्छ, लाइनमुनि पर्ने २१ हेक्टर क्षेत्रफललाई भने क्षतिपूर्ति दिइनेछ,” उहाँले भन्नुभयो, “क्षतिपूर्ति तिर्ने जग्गा सम्बन्धित व्यक्तिको हुन्छ, उक्त जग्गामा संरचना निर्माण गर्न भने पाइनेछैन ।” प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् ।

तनहँुतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । “तनहुँतर्फको वन क्षेत्र टुङ्गो लागेर सहमतिका लागि विभागमा पठाएका छांै, चितवनतर्फको भने बाँकी छ”, प्रमुख घिमिरेले भन्नुभयो । उहाँका अनुसार प्रशारण लाइन निर्माणका लागि ५० टावर आइपुगेका छन् भने २७ टावर आउने क्रममा छन् ।

“केही समय अगाडि नै काम शुरु गर्ने तयारी भए पनि कोभिड र लकडाउनका कारण छिटो काम हुन सकेन,” उहाँले भन्नुभयो, “अब काम रोकिदैन, तीव्र गतिमा अगाडि बढाउँछौ ।” दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० टावर निर्माण गरिनेछ ।

प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत् गृहको काम भइरहेको प्रमुख घिमिरेको भनाइ छ । 

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत्गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । पहिलो प्याकेज अन्तर्गत कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ ।

पहिलो प्याकेजअन्तर्गत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत० रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top