ट्रेण्डिङ

होमपेज / समाज

भरुवा बन्दुक सहित पक्राउ

नेपालगाथा २०७७ पौष २ गते बिहीबार १२:५४:२० मा प्रकाशित

काठमाडौं, २ पुस बाजुरा, बुढिनन्दा नगरपालिका ७ समालगाउँ बस्ने ४५ वर्षीय सुरबिर कडारालाई १ थान एकनाले भरुवा बन्दुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुढिनन्दा कोल्टीबाट खटिएको प्रहरीले उनको घरमा अवैधरूपमा लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
अछाम, मंगलसेन नगरपालिका ६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्गको दक्षिणतर्फको जंगलमा लुकाई राखेको बेवारिसे २ नाल भरुवा बन्दुक मंगलबार प्रहरीले बरामद गरेको छ। अस्थाई प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top