होमपेज / समाज
काठमाडौँ काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ ।मौसम पूर्वानुमान महाशाखाका आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २।३ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यो वर्षकै सबैभन्दा धैरै जाडो भएको छ ।
केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । यस्तै आज बिहानैदेखि तराई अधिकांश भूभाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।