ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

नेपालगाथा २०७७ पौष १ गते बुधबार १३:२५:३३ मा प्रकाशित

काठमाडौं, १ पुष अछाम र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना परी २ जनाको मृत्यु भएको छ । अछाम, कमलबजार नगरपालिका ५ कीर्तिपुरमा से।१ क ७५४ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खोलामा खसेर मंगलबार साँझ दुर्घटना हुँदा टिपर चालक कैलाली, कैलारी गाउँपालिका(२ बस्ने ३५ वर्षीय प्रकाश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य २ जनाको माया मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर, मनहरी गाउँपालिका ६ नयाँबस्तिस्थित सडक छेउमा रोकी राखेको ना ५ ख ५३३७ नम्बरको ट्रकको पछाडी प्रदेश ३-०३-००१ प ५१३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर बस्ने ४० वर्षीय हरिचन्द्र उप्रेतीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top