होमपेज / समाज
काठमाडौं, १ पुष काठमाडौं महानगरपालिका २६ मित्रनगर बबालीचोकबाट १ थान सालकको खपेटा सहित धादिङ छत्रेदेउराली गाउँपालिका ६ घर भएका सुभाष तामाङ भन्ने २७ वर्षीय सुजन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी परीसर टेकुबाट खटिएको संयुक्त प्रहरी टोलीले सुजनलाई जाँच गर्दा उनले बोकेको झोलाभित्र उक्त सालकको खपेटा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।