ट्रेण्डिङ

होमपेज / समाज

चौकुनेमा भूमिसम्बन्धी समस्या समाधान इकाई कार्यालय स्थापना

नेपालगाथा २०७७ पौष १ गते बुधबार ०९:०४:२२ मा प्रकाशित

नन्दु खनाल, चौकुने । चौकुने गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्यका लागि छुट्टै इकाई स्थापना गरिएको छ । मंगलबार इकाई उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले चौकुनेमा भूमि समस्या सम्बन्धी सम्पुर्ण समस्याहरु समाधानका लागि तीब्र गतिमा काम संचालन हुने बताउनुभयो ।

चौकुने गाउँपालिकाका सम्पुर्ण भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमिको मालिक बनाउने गरी काम गर्न लागेको समेत अध्यक्ष शाहीले जानकारी दिनुभयो । मंगलबार नै चौकुने गाउँपालिकाको भूमिहिन सुकुम्बासीहरुको सहजीकरण समितीको बैठक बसी पौष ५ गतेदेखि पौष १५ गतेसम्म अनुमानित लगत संकलन गरेर सक्ने निर्णय गरेको छ ।

यसको लागि चौकुनेका साबिकका गाबिसहरुमा गाउँपालिकाबाट सहजीकरण समिति र इकाईका कर्मचारीहरु संयुक्त रुपमा एकै पटक गएर १० दिनमै अनुमानित लगत संकलन गर्ने छन् । जसको लागी लगाममा इकाई प्रमुख धनिराम धमाला, बेतानमा भुपेन्द्र ओलि, बिजौरामा नन्दु खनाल, घाटगाउँमा गंगाराम बि.क र गुटुमा गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका निर्मला मगरले नेतृत्व गर्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top