ट्रेण्डिङ

होमपेज / समाज

उखु किसानको पैसा नतिर्ने चिनी उद्योगका मालिकलाई कारबाही गर्छौ-आपूर्तिमन्त्री भट्ट

नेपालगाथा २०७७ मंसिर ३० गते मंगलबार २०:२९:०१ मा प्रकाशित

 

काठमाडौँ । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ। मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताएका हुन्। उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी दिए।

उनले भने, ‘अध्यक्षलाई हामीले भन्यौं तपाईहरुको उद्योग हाम्रो मन्त्रालय अन्तर्गत भएको हुनाले उद्योगीहरुको हकहितको साथै किसानको हकहित पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले किसान पहिलो हुन । किसानको तिर्नुपर्ने पैसा तपाईहरुले तिर्नुहोस, उद्योगीहरुसँग कुरा गर्नुहोस् होइन भने नेपाल सरकार प्रचलित कानून बमोजिम जान्छ भन्यौं।’

प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशिल भएको पनि बताए। किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरी पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि उनले बताए। चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पनि उद्योग मन्त्री भट्टले हदैसम्मको कारबाही गरेर भएपनि किसानलाई पैसा दिलाउने बताएको जानकारी दिए।। आफुले भने फेरी एकपटक पैसा भुक्तानीका लागि छोटो समय दिन आग्रह गरेको बताए।

उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग किसानहरुको छ । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top