होमपेज / समाज
काठमाडौं, ३० मङ्सिर महोत्तरी, मनराशिसवा नगरपालिका ६ स्थित जलेश्वर बर्दिवास सडक खण्डमा बिआर ०५ पी २०२२ नम्बरको गाडी अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गाडीमा सवार भारत सितामढी, ग्राम पञ्चायत मुढा बस्ने ३५ वर्षीय राजेश सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
सोही ठाउँस्थित विवाहमा जन्तीको रुपमा आई फर्किने कर्ममा उक्त गाडी आफै दुर्घटना भएको थियो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका ४ सेरास्थित सडकमा प्रदेश ३ -०२- ०१० प ६८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँस्थित सेरा डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका २ घर भएका नारायण परियारको ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका ती बालकको शिर मेमोरियल अस्पताल बनेपा हुँदै थप उपचारको क्रममा न्युरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गर्नुका साथ यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।