ट्रेण्डिङ

होमपेज / समाज

चौकुनेमा भुमी सम्बन्धि समस्या समाधान इकाईको कार्यलय स्थपना

नेपालगाथा २०७७ मंसिर ३० गते मंगलबार १७:१८:१२ मा प्रकाशित

नन्दु खनाल,चौकुने गाउँपालिका। चौकुने गाउँपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्यका लागि गाउँपालिका नजिकै छुट्टै इकाई स्थापना गरिएको छ । मंगलबार इकाई उद्द्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले चौकुनेमा भुमी समस्या सम्बन्धि सम्पुर्ण समस्याहरु समाधानको लागि तीब्र गतिमा काम संचालन हुने बताउने भयो । चौकुने गाउँपालिकाका सम्पुर्ण भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु लाई भुमिको मालिक बनाउने गरि काम गर्न लागेको समेत जानकारी दिनु भयो ।

आजै चौकुने गाउँपालिकाको भुमिहिन सुकुम्बासीहरुको सहजीकरण समितीको बैठक बसि पौष ५ गते देखि पौष १५ गते सम्म अनुमानित लगत संकलन गरेर सक्ने निर्णय गरेको छ । यसको लागी चौकुनेका साबिकका गाबिसहरुमा गाउँपालिका बाट सहजीकरण समिति र इकाईका कर्मचारीहरु संयुक्त रुपमा एकै पटक गएर १० दिनमै अनुमानित लगत संकलन गर्ने छन । जसको लागी लगाममा इकाई प्रमुख धनिराम धमाला, बेतान भुपेन्द्र ओलि,, बिजौरामा नन्दु खनाल, घाट्गाउमा गंगाराम बि.क र गुटुमा गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका निर्मला मगरले नेतृत्व गर्नु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top