ट्रेण्डिङ

होमपेज / समाज

चन्द्रागिरिमा निसान गाडी अनियन्त्रित, दुईको मृत्यु

नेपालगाथा २०७७ मंसिर ३० गते मंगलबार १२:०३:०८ मा प्रकाशित

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी सोमबार अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका-७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गाडी सडकदेखि २५० मिटर तल खसेको थियो । गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top